जनमतलाई उपप्रधानमन्त्री दिने सहमति भएको छ : मन्त्री खान

जनमतलाई उपप्रधानमन्त्री दिने सहमति भएको छ : मन्त्री खान



काठमाडौं ।  खानेपानीमन्त्री अब्दुल खानले जनमत पार्टीले उपप्रधानसहित दुईवटा मन्त्रालय पाउने सहमति भएको बताएका छन् ।

राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गरेका आठ दलका सांसदका लागि आयाेजित प्रशिक्षण कार्यक्रममा सहभागी हुने क्रममा उनले यस्तो बताएका हुन् । उनले भने, ‘उपप्रधानमन्त्रीसहित दुईवटा मन्त्रालय पाउँछ । कुन–कुन भन्ने विषयमा बैठक भएको छैन । बैठकपछि निर्णय आउँछ, ।’

यसअघि सहमतिअनुसारको मन्त्रालय नपाएको विषयमा पत्रकारले सोधेको प्रश्नमा मन्त्री खानले थपे, ‘गठबन्धनमा सहमति भइसकेको छ । झुक्याउनुहुन्न । उहाँहरू अहिले इमानदारीको राजनीतिमा आउनुभएको छ ।’

यसअघि एमालेसहितको गठबन्धनको सरकारमा उद्योग मन्त्रालय नदिइएको भन्दै जनमत पार्टी लामो समयसम्म सरकारमा गएको थिएन । उपप्रधानमन्त्रीका रूपमा पार्टी अध्यक्ष सिके राउत पनि मन्त्री बन्ने सम्भावना रहेको उनको भनाइ छ ।