मन्‍त्रिपरिषद् विस्तारको गृहकार्य आजैदेखि सुरु हुन्छ : प्रधानमन्त्री

मन्‍त्रिपरिषद् विस्तारको गृहकार्य आजैदेखि सुरु हुन्छ : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तारको गृहकार्य आजबाटै सुरु हुने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित आठ दलको प्रशिक्षणपछि सञ्चारकर्मीको जिज्ञासामा प्रधानमन्त्रीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले भने, “विश्वासको मत अब राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव पछाडि । नोट गर्नुहोला, मन्त्रिपरिषद् विस्तारको गृहकार्य आजैबाट सुरु हुन्छ।’’

अहिलेको गठबन्ध्नको आयु पाँच वर्ष रहने उनको भनाइ छ ।