लिम्चुङबुङ गाउँपालिकामा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

लिम्चुङबुङ गाउँपालिकामा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा


ग्लोब नेपाल
513
Shares

उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले सुत्केरी महिला महिलालाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । फागुन ३ गते गाउँ कार्यपालिकाबाट स्वीकृत भएको ‘एम्बुलेन्स सेवा संचालन निर्देशिका २०७९’ का आधारमा आफ्नो गाउँपालिकाभित्रका सुत्केरी महिलाहरुलाई यस्तो सेवा उपलब्ध गराउने भएको हो ।

अस्पातालले रेफर गरे बमोजिम नेपालका कुनै पनि अस्पतालमा लैजादा लाग्ने एम्बुलेन्स खर्च पालिकाले लिने छैन । साथै जटिल प्रकृतिका बिरामीहरुलाई समेत वडाको स्वास्थ्य चौकीको सिफारिसमा एम्बुलेन्स प्रयोग गर्दा शुल्क नलिने निर्देशिकामा उल्लेख गरिएको छ । यस्तै आर्थिक रुपमा विपन्न परिवारका बिरामीलाई समेत विशेष छुटका साथ एम्बुलेन्स उपलब्ध गराईने गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले बताए ।