प्रचण्ड विरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश

प्रचण्ड विरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश


ग्लोब नेपाल
837
Shares

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा पेश भएको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ । यसअघि अदालत प्रशासनले रिट निवेदन दर्ता नगर्ने निर्णय गरे पनि उक्त निर्णय बदर गर्दै सर्वोच्चले रिट निवेदन दर्ता गर्न आफ्नो प्रशासनलाई आदेश दिएको हो ।

सर्वोच्च अदालत प्रशासनले राजनीतिक प्रकृतिको भएको उल्लेख गर्दै प्रचण्डविरुद्धकाे रिट दरपीठ गरेको थियो । शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको इजलासले उक्त रिट दर्ता गर्न आदेश दिएको हो ।

अधिवक्ता ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकी लगायतले दाहालले तीन वर्षअघि २०७६ माघ १ गते माघी पर्वका दिन टुँडिखेलमा आयोजित कार्यक्रममा द्वन्द्वकालमा मारिएका ५ हजारको आफूले जिम्मा लिने भनी दिएको अभिव्यक्तिको आधारमा उनीमाथि फौजदारी अभियोगमा छानबिन र कारवाही हुनुपर्ने आदेश माग गर्दै सर्वोच्चमा रिट दर्ता गर्न खाेजेका थिए ।