केटाकेटी खेल्ने क्रममा आगलागी

केटाकेटी खेल्ने क्रममा आगलागी


ग्लोब नेपाल
81
Shares

मोरङ । गर्मी बढेसँगै आगलागीको जोखिम बढ्न थालेको छ । धेरै जसो आगजनी केटाकेटीका कारणले हुने गरेको छन । केटाकेटीका कारणले मोरङको पथरी शनिश्चरेका-२ स्थानमा आगलागी भएको छ । दुई स्थानमै केटाकेटीहरु खेल्ने क्रममा आगो लागेको स्थानीयले बताएका छन् । पथरी शनिश्चरे नगरपालिका वडा नं. ४ र ७ मा आगलागी भएको हो ।

पथरी शनिश्चरे- ४ मा दिलमाया लिम्बु र ७ मा जयबहादुर तामाङको परालको माचमा आगलागी भएको हो । आगलागीबाट लिम्बुको २ विघा खेतको पराल जलेर नष्ट भएको छ भने तामाङको १५ कठ्ठाको पराल जलेर नष्ट भएको छ ।

आगलागीबाट १ बर्ष गाई बस्तुलाई खुवाउन पुग्ने पराल क्षति भएको लिम्बुले बताए । शनिवार भएका कारण स्कुल छुट्टी थियो । केटाकेटीहरु परालको छेउमा खेल्दै थिए । दिउसो १ बजेको थियो एक्कासी आग्लागी भयो स्थानीयले बताए । समयमै दमकल आएका कारण घर जोगीएको दिलमाया लिम्बुले बताइन ।

आगो निभाउन दुबै स्थानमा पथरी शनिश्चरे नगरको दमकल पुगेको थियो । घर नजिकै परालको माचमा भएकाले घर जोगीन गाह्रो थियो तर समयमै खवर भएकाले निभाउन भ्याइयो र अन्य केही क्षति भएन- दमकल चालक नाइकुमार धिमालले बताए ।

यता वडा नं. ७ मा भने बाटो नभएका कारण दमकल पुग्न नपाएको तर नगर प्रहरी समयमै पुगेर आगलागी नियन्त्रण भएको नगर प्रहरी ईन्द्र सुबेदीले बताए । आग्लागी भएको स्थानमा आजै पथरी शनिश्चरे नगर उपप्रमुख देविमाया काफ्ले पुगी अनुगमन गरिन । उनले गर्मी बढे संगै आग्लागीको जोखिम हुने भन्दै सबै नागरीक सचेत रहन अनुरोध गरिन ।

नगरबासी सबैले गाडी आवत जावत गर्न सक्ने बाटो निमार्णका लागि पहल गर्न काफ्लेले जोड दिइन । काफ्लेले क्षतिको अवस्था हेरी नगरबाट क्षतिपूर्तीका लागि पहल गर्ने बताइन ।