‘बौद्ध कलेजमा भारतको कुनै स्वार्थ छैन’

‘बौद्ध कलेजमा भारतको कुनै स्वार्थ छैन’


ग्लोब नेपाल
54
Shares

काठमाडौं । साक्या बौद्ध संघले मुस्ताङमा सञ्चालन हुन लागेको बौद्ध कलेजको विषयमा विभिन्न सञ्चारमा माध्यममा प्रकाशित समाचारप्रति आफ्नो गम्भीर ध्यानकर्षण भएको जनाएको छ । संघले आइतबार एक विज्ञप्ती जारी गर्दै कलेज सञ्चालनको लागि भारत अग्रसर भएको भन्ने समाचार झुटो भएको बताएको हो ।

विदेशीलाई हिँडडुलसमेत निषेध गरेको क्षेत्रमा भारत सरकारको लगानीमा ‘मुस्ताङ बौद्ध कलेज’ खोल्न नेपाल सरकार अग्रसर भएको भन्दै विभिन्न मिडियामा आएका समाचारको संघले खण्डन  गरेको छ ।

संघले बौद्ध दर्शनको संरक्षणका लागि भौतिक संरचना निमार्ण गर्न भारतीय दुतावासलाई अनुरोध गरेको र सो अनुसार स्थानीय दाताहरुले भूमिदान गरी बौद्ध कलेज स्थापना गर्न लागिको प्रस्ट पारेको छ ।

समाचारका साथै पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार यसै विषयमा दिएको अभिव्यक्तिको समेत ‘संघ’ले खण्डन गरेको छ । ओलीको टिप्पणीले जनमानसमा नकारात्मक सन्देश प्रवाह भएको भन्दै विज्ञप्तिमा ध्यानाकर्षण भएको बताएको छ ।