कांग्रेस सभापति देउवा र राष्ट्रपतिका उम्मेदवार नेम्वाङबीच भेटवार्ता

कांग्रेस सभापति देउवा र राष्ट्रपतिका उम्मेदवार नेम्वाङबीच भेटवार्ता



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङबीच भेटवार्ता भएकाे छ ।

२५ फागुनमा हुने राष्ट्रपति निर्वाचनको सम्मुखमा नेकपा एमालेका संसदीय दलका उपनेता समेत रहेका नेम्वाङले कांग्रेस सभापति देउवा र देउवा पत्नी आरजु राणासँग भेटवार्ता गरेका हुन् ।

भेटमा नेम्वाङले राष्ट्रपतिका लागि आफू उम्मेदवार रहेको बताए । जवाफमा देउवाले ‘तपाईं राम्रो उम्मेदवार भएको’ भन्दै राष्ट्रपतिमा कांग्रेसबाट रामचन्द्र पौडेल राष्ट्रपतिका उम्मेदवार रहेको पनि स्मरण गराए ।

नेताहरुबीच राष्ट्रपति निर्वाचनका अलावा अन्य राष्ट्रिय राजनीतिक विषयमा समेत छलफल भएको छ । नेम्वाङले राष्ट्रका महत्वपूर्ण विषयहरुमा ठूला दल कांग्रेस र एमाले एकै ठाउँमा रहेर अधिकतम एउटै धारणा बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

राजनीतिक स्थिरता र दिगो विकासका लागि समेत ठूला दल मिल्नुको विकल्प नरहेको नेम्वाङको भनाइ थियो ।