बिपिडब्लु लघुवित्तको आइपीओमा आवेदन दिने अन्तिम दिन आज

बिपिडब्लु लघुवित्तको आइपीओमा आवेदन दिने अन्तिम दिन आज


ग्लोब नेपाल
81
Shares

काठमाडौँ । बिपिडब्लु लघुवित्तको आइपीओमा आवेदन दिने मंगलबार अन्तिम दिन हो । लगानीकर्ताले आज फागुन २३ गते कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन्। यस लघुवित्तले सर्वसाधारण लगानीकर्तालाई फागुन १८ गतेदेखि आइपीओ बिक्री खुला गरेको हो।

कम्पनीले आफ्नो जारी पुँजी ३ करोड रुपैयाँको ३ करोड रुपैयाँको ३२.३३५ ले हुन आउने ९७ लाख रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको हो। जसअनुसार प्रतिसेयर १ सय अंकित मूल्यमा ९७ हजार कित्ता सेयर निष्कासन गरेको छ।

यसमध्ये १०५ अर्थात् ९ हजार ७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई निष्कासन गरिसकेको छ। यस्तै, १ हजार ५०० कित्ता सेयर कर्मचारीलाई र ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। बाँकी रहेको ८० हजार ९५० कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्।

सीडीएसका अनुसार आज बिहान ६:२३ बजेसम्ममा ११ लाख १३ हजार ५८३ जनाले १ करोड ४४ लाख ९८ हजार ४२० कित्ताका लागि आवेदन दिएका छन्। यो सर्वसाधारणको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा १७९.० गुणा बढी आवेदन हो। यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन पाइनेछ। यो आइपीओमा मेगा क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

रेटिङ एजेन्सी इक्रा नेपालले बिपिडब्लु लघुवित्तको आइपीओलाई ‘इक्रा एनपी इस्यूअर बी माइनस’ रेटिङ प्रदान गरेको छ।