ट्विटरमा चाँडै १० हजार अक्षरको ट्वीट पोस्ट गर्न मिल्ने

ट्विटरमा चाँडै १० हजार अक्षरको ट्वीट पोस्ट गर्न मिल्ने



ट्विटरका प्रमुख एलन मस्कले आइतबार माइक्रोब्लगिङ प्लेटफर्ममा प्रयोगकर्ताहरूले १० हजार क्यारेक्टर वा अक्षरको ‘लामो ट्वीट’ गर्न सक्ने पुष्टि गरेका छन् । एक प्रयोगकर्ताको प्रश्नको जवाफ दिँदै मस्कले यो सुविधा चाँडै कुनै निश्चित समय रेखा नदिई रोल आउट हुने बताएका छन् ।

युट्युब र ट्विटर प्रयोगकर्ता दिप्राइमएजनले मस्कलाई सोधेपछि यो घोषणा गरिएको हो। ’डेभ समुदाय र म सोचिरहेका थियौँ कि तपाईँले ट्वीटमा कोड ब्लकहरू थप्न सक्नुहुन्छ ?’ यसको जवाफमा मस्कले भनेका छन्, ‘एट्याचमेन्टको रूपमा? कति अक्षर ? हामी चाँडै लङ्गफर्म ट्वीटहरू १० हजार अक्षरमा विस्तार गर्दैछौं ।’

अहिलेसम्म, एक नियमित ट्विटर प्रयोगकर्ताले मात्र २५० अक्षरको ट्विटमात्रै पोस्ट गर्न पाउँछ । लामो कुरा लेख्न प्रयोगकर्ताले थ्रेड बनाउँदै एकपछि अर्को ट्विट देखाउन सक्छ । यो नयाँ घोषणा कम्पनीले ट्विटर ब्लू सदस्यता भएकाहरूलाई चार हजार अ क्यारेक्टरको ट्वीट पोस्ट गर्न अनुमति दिइने घोषणा गरेको लगभग एक महिना पछि आएको हो ।

तर, मस्कले यो सुविधा ब्लु सदस्यता भएकाहरूलाई मात्रै उपलब्ध हुन्छ कि सबैका लागि उपलब्ध हुन्छ भन्ने पुष्टि गरेका छन् । शङ्का छ कि यो ब्लु सदस्यता भएकाहरूका लागि मात्रै उपलब्ध हुनसक्छ । माइक्रोब्लगिङ प्लेटफर्मले पहिलो पटक सन् २०१७ मा १४० अक्षरको ट्वीट २४० अक्षरको बनाउँदै सीमा थपेको थियो ।