पठानको कमाइ १ हजार ३५ करोड बढी

पठानको कमाइ १ हजार ३५ करोड बढी


ग्लोब नेपाल
189
Shares

मुम्बई । शाहरुख खान अभिनित पठानले १०३६ करोड संकलन गरेको छ । गत जनवरी २५ मा रिलजि भएको पठानले हिन्दी सिनेमाको इतिहासमा सबैभन्दा बढी रकम संकलन गरेर किर्तिमान कायम गरेको छ ।

यसअघि दक्षिण भारतीय फिल्म बाहुबली–२ र केएफजी–२ ले बनाएको हजार करोड भन्दा माथीको किर्तिमानलाई तोडदै बलिउडको पठानले सबैभन्दा बढी रकम सकंलन गरेर किर्तिमान कायम गरेको हो । सो फिल्ममा शाहरुखको अलबा, दिपिका पादुकोण र जोन अब्राहमलगायतको अभिनय रहेको छ ।

बायकट बलिउड ट्रेन्डलाई परास्त गदै पठानले किर्तिमानी कलेक्सन कायम गरे पछि बलिउडमा उत्साह छाएको छ । दक्षिणी फिल्महरुले भारतमा कब्जा जमाउन थाले पछि चिन्तित बलिउडकर्मीलाई पठानको किर्तिमानी कलेक्सनसँगै साहस बढेको क्रिटिक्सहरुले टिप्पणी गर्न थालेका छन् ।