प्रधानमन्त्रीविरुद्ध सर्वोच्चमा रिट दायर

प्रधानमन्त्रीविरुद्ध सर्वोच्चमा रिट दायर



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

२०७३ माघ १ गते टुँडिखेलमा प्रचण्डले द्वन्द्वकालीन समयमा भएका पाँच हजार हत्याको जिम्मेवारी लिने अभिव्यक्ति दिएका थिए ।

सो अभिव्यक्ति बमोजिम उनीमाथि छानबिन तथा अभियोजन हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा ज्ञानेन्द्रराज आरणले रिट दायर गरेका हुन् ।

यस अघि रिट अदालत प्रशासनबाट दरपीठ भएको थियो । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले दरपीठको आदेश शुक्रबार बदर गरेको थियो ।

दरपीठ आदेश बदर भएसँगै मंगलबार अदालतमा प्रचण्ड विरुद्ध रिट दर्ता भएको छ । रिटमा प्रारम्भिक सुनुवाइको लागि बिहीबार पेसी तोकिएको छ ।