बंगलादेशको ढाकास्थित व्यापारिक भवनमा विष्फोट, १७ को मृत्यु

बंगलादेशको ढाकास्थित व्यापारिक भवनमा विष्फोट, १७ को मृत्यु


ग्लोब नेपाल
54
Shares

बंगलादेशको व्यावसायिक भवनमा शक्तिशाली बम विस्फोट हुँदा कम्तिमा १७ जनाको मृत्यु भएको छ । घटनामा डेढ सय भन्दा बढी घाइते भएका छन् ।

पुरानो ढाकाको सिद्दिकी बजारमा रहेको उक्त पाँच तले भवनमा बिस्फोट हुँदा नजिकैका अन्य भवनहरुमा समेत क्षति पुगेको छ । घाइतेहरुको अवस्था गम्भीर रहेकोले मृतकको संख्या बढ्न सक्छ ।

यसैबीच, बंगलादेशमा एकै रातमा १२ वटा मन्दिरमा तोडफोड भएको छ । ठाकुरगाउँ जिल्लाको बलियाडाँगीस्थित सडक छेउमा रहेका १२ वटा मन्दिरमा तोडफोड गरिएको हो । मन्दिरमा रहेका १४ वटा मूर्ति सडकमा फालिएको छ ।