राष्ट्रपतिबारे निर्णय लिन राप्रपाको बैठक जारी

राष्ट्रपतिबारे निर्णय लिन राप्रपाको बैठक जारी



काठमाडौं । राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक अहिले भइरहेकाे छ ।

धुम्बाराहीस्थित केन्द्रीय पार्टी कार्यालयमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक भइरहेकाे पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । 

बैठकले बिहीबार हुने राष्ट्रपति निर्वाचनबारे निर्णय लिनेछ । साथै बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।