राष्ट्रपति चयनका लागि आज मतदान, परिणाम साँझ ७ बजे भित्र

राष्ट्रपति चयनका लागि आज मतदान, परिणाम साँझ ७ बजे भित्र


ग्लोब नेपाल
162
Shares

काठमाडौं । आगामी नयाँ राष्ट्रपतिका लागि आज मतदान हुँदैछ । बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन् । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सङ्घीय सांसद र प्रदेश सभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्र कायम गरिएको छ ।

राष्ट्रपति विद्यादेवि भण्डारीको कार्यकाल फागुन २८ गते सकिन लागेकोले आज राष्ट्रपतिको निर्वाचन हुन लागेको हो।संविधानसभाबाट संविधान जारी भएपछि तेस्रो कार्यकालका लागि संसदीय अभ्यासमा बौद्धिक र परिपक्क छवि बनाएका नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा(एमाले)का सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् ।

राष्ट्रपतिको निर्वाचन आजै सार्वजनिक हुनेछ । निर्वाचन आयोगका निर्वाचन अधिकृत महेश शर्मा पौडेलका अनुसार आजै साँझ ७ बजे भित्र निर्वाचन परिणाम घोषणा हुनेछ । उनका अनुसार बिरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भित्र नै मतगणना हुने र सोही स्थानवाट मत परिणाम सार्वजनिक हुनेछ । ‘मतदानस्थलमा नै मत गणना गर्नेछौं र ७ बजे भित्रमा मत परिणाम पनि सार्वजनिक गरिसक्ने छौं,’ उनले भने । 

संघीय सांसद अन्तर्गतका मतदाता र प्रदेश संसद सांसद अन्तर्गतका मतदाताका अलग अलग मतगणना गरिने र एकमुष्ठ रुपमा मतपरिणाम घोषणा गरिने गरी तयारीका साथ काम आयोगले राष्ट्रपति निर्वाचनको तयारी पुरा गरेको छ ।