अमेरिकी डलरको भाउ उकालाे लाग्दा, युरो घट्यो

अमेरिकी डलरको भाउ उकालाे लाग्दा, युरो घट्यो


ग्लोब नेपाल
81
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी विनिमयदर सार्वजनिक गरेको छ । 

आज अमेरिकी डलर २४ पैसाले उकालो लागेको छ । यसअघि बुधबार स्थिर रहेको अमेरिकी डलरमा आज वृद्धि भएको हो । बिहिबार यसको खरिददर १३१ रुपैयाँ र बिक्रीदर १३१ रुपैयाँ ६० पैसा तोकिएको छ। बुधबार भने अमेरिकी डलरको खरिदमूल्य १३० रुपैयाँ ७६ पैसा  र बिक्रीमूल्य १३१ रुपैयाँ ३६ पैसा तोकिएको थियो ।  

बिहिबार युरोपियन युरो १ रुपैयाँ ३९ पैसाले घटेको छ । आज युरोपियन युरोको खरिददर १३८ रुपैयाँ ६ पैसा र बिक्रीदर १३८ रुपैयाँ ६९ पैसा कायम गरिएको छ । बुधबार युरोको खरिदमूल्य १३९ रुपैयाँ ४५ पैसा र बिक्रीमूल्य १४० रुपैयाँ ९ पैसा तोकिएको थियो ।

यता, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५५ रुपैयाँ ४ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७५ पैसा तोकिएको छ। अघिल्लो दिनको तुलनामा आज २ रुपैयाँ ५ पैसाले ओरालो लागेको छ । बुघबार यसको खरिदमूल्य १५७ रुपैयाँ ८ पैसा र बिक्रीमूल्य १५७ रुपैयाँ ८० पैसामा किनबेच भइरहेको थियो । 

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रुपैयाँ ४७ पैसा र बिक्रीमा ८६ रुपैयाँ ८७ पैसा कायम गरिएको छ। अघिल्लो दिनको तुलनामा ७८ पैसाले यसको मूल्य घटेको हो । बुधबार अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८७ रुपैयाँ २५ पैसा र बिक्रीमा ८७ रुपैयाँ ६५ पैसामा कारोबार भएको थियो ।
 
क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ २२ पैसा र बिक्रीमा ९५ रुपैयाँ ६५ पैसामा कारोबार भइरहेको छ। बुधबार भने क्यानेडियन डलरको खरिदमूल्य ९५ रुपैयाँ ९७ पैसा र बिक्रीमूल्य ९६ रुपैयाँ ४१ पैसामा कारोबार भएको थियो ।

यसैगरी बिहिबार कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८५ पैसा र बिक्रीमा ३६ रुपैयाँ २ पैसा,साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५ पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६७ पैसा र बिक्रीमा ३६ रुपैयाँ २ पैसा, मलेसियन रिंगिट एकको खरिदमा २८ रुपैयाँ ९५ पैसा र बिक्रीमा २९ रुपैयाँ ८ पैसा कायम गरिएको छ।

बिहिबारका लागि कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ११ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ६ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३४९ रुपैयाँ ७ पैसामा किनबेच हुनेछ ।