सेयर बजार ५०.०४ अंकले उकालो

सेयर बजार ५०.०४ अंकले उकालो



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ५०.०४ अंकले वृद्धि भएको छ ।  नेप्से परिसूचक २.५६ प्रतिशतले उकालो लागेको  हो । 

बिहीबार ५०.०४ अंकले उकालो लागेर सेयर बजार २००२.७० बिन्दुमा रोकिएको हो ।  यस्तै, सेन्सेटिभ इन्डेक्सम ९.२७ अकले वृद्धि भइ ३७९.५० बिन्दुमा आएको छ । ४५ लाख ६६  हजार  ४३ कित्ता  सेयर किनबेच हुँदा १ अर्ब ५६  करोड ५५ लाख बढीको कारोबार भएको छ ।

शिभम् पावर लिमिटेड र नेपाल इन्स्योरेन्स कम्पनीको ९  प्रतिशतले वृद्धि भएको छ । यी कम्पनीहरुले सर्वाधिक कमाएका छन् ।

यता,  शिभम् सिमेन्टको सर्वाधिक सेयर कारोबार भएको छ । यसको ७ करोड ८५ लाख भन्दामाथिको कारोबार भएको छ । यता हिमालय डिस्ट्रिलरीको ५ करोड ७३ लाखबढीको कारोबार भएको छ ।

बिहीबार सबै उपसुचकहरुमा उकालो लागेको छ ।