अभिनवको २२ औं वार्षिकोत्सव सम्पन्न

अभिनवको २२ औं वार्षिकोत्सव सम्पन्न


ग्लोब नेपाल
54
Shares

काठमाडौं । अभिनव साहित्य समाजले स्थापना दिवसको २२ औं वाषिकोत्सव शनिबार मनाएको छ । समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे वेदमणिको समापतित्वमा सम्पन्न कार्यक्रममा भैरव स्मृति भवन जोरपाटीमा भएको थियाे। समाजका सचिव परशुराम पराजुलीले सञ्चालन गरेको कार्यक्रममा शारदा पराजुलीकाे स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसाल र उपप्रमुख सान्नानी लामालाई बधाई र अभिनन्दन गरियो । यसैगरी प्राज्ञ विष्णु प्रभातलाई २० हजार नगदसहित अभिनन्दन गरिएको थियो । वेदमणि अभिनव गजल पुरस्कारबाट शान्ती शर्मा नगद १० हजार रुपैयाँसहित सम्मानित भइन । समाजसेवी मुसुरी लामालाई पनि सम्मान गरियो ।

कलाकार जानुका भट्टराई तथा केशवराज मैनालीलगायतले बेचिएकी चेली नामक करुणरस प्रधान नाटिका प्रस्तुत गरेका थिए । प्रमुख अतिथि गङ्गाप्रसाद उप्रेतीले प्रज्ञा प्रतिष्ठानजस्तो गरिमामय संस्थाबाट नेपाली भाषाको गौरवमय परम्परा तोडमरोड गर्न सुरुआत हुनथालेको भन्ने सुन्नमा आएको बताए । भर्खर गठन भएको संस्थाको केही दिन काम हेरेर मात्र मूल्याङ्कन गरिनुपर्छ उनले भने ।

यसैगरी विशेष अतिथि तथा अभिनन्दित व्यक्तित्वको रुपमा नगर प्रमुख रिसाजले गोनपालाई साहित्यको हब मनाउन क्रियाशील संस्थाको रुपमा अभिनवलाई लिएका छौ र यस नगरभित्र रहेका सम्पूर्ण साहित्यिक सस्थाहरुलाई सहयोगात्मक भूमिका नपाले गर्दै जाने बताए । उपप्रमुख लामाले साहित्य उत्थानको काममा सहयोग गर्न नपा सँधै तयार छ र खासगरी महिला साहित्यकाहरुलाई उत्प्रेरणा दिने कार्यमा पनि नपाले विशेष सहयोग गर्ने बताइन ।

अभिनन्दित प्रभातले प्रकृतिपूजक, शक्तिपूजक, शैव, ब्रह्म, सांख्य (देवहुतीद्वारा प्रतिपादित) र बौद्ध दर्शन गरी छवटा दर्शन नेपाली हो भनेर व्याख्या गरे । गोनपा ६ का वडा अध्यक्ष नवराज लामाले शुभकामना मन्तव्य राखे । अर्की पुरस्कृत शर्माले एउटा गजल प्रस्तुत गरिन् । कार्यक्रमका सभापति वेदमणिले नेपाल सरकारले प्राज्ञताको प्रचलित मापदण्ड विपरित प्रज्ञा प्रतिष्ठान गठन गरेकोमा यसको सुधार हुनुपर्ने माग राखे ।