उपराष्ट्रपतिको आधिकारिक उम्मेदवार टुंगो लगाउन सत्ता गठबन्धन दलको बैठक जारी

उपराष्ट्रपतिको आधिकारिक उम्मेदवार टुंगो लगाउन सत्ता गठबन्धन दलको बैठक जारी



काठमाडौं । उपराष्ट्रपति पदको आधिकारिक उम्मेदवार टुंगो लगाउन सत्ता साझेदार दलहरुको बैठक सिंहदरबारमा जारी छ ।

सत्ता गठबन्धनबाट जसपाका रामसहाय प्रसाद यादव र प्रमिला कुमारी यादव तथा जनमत पार्टीबाट ममता झाको उम्मेदवारी कायम रहेपछि आधिकारिक एकजना मात्र उम्मेदवार कायम गर्ने प्रयासमा दलहरु सक्रिय छन् । बैठकमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीले उपराष्ट्रपतिको साझा उम्मेदवार बनाउने गरि छलफल भइरहेको छ ।

नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य उम्मेदवार छिन् ।

निर्वाचन अधिकृतको कार्यालयले आज दिउँसो ४ बजेभित्र उम्मेदवारी फिर्ताको समय तोकेको छ । पाँच बजे अन्तिम नामावली प्रकाशन हुँदैछ । चैत ३ गते उपराष्ट्रपति पदको निर्वाचन हुनेछ ।