एमालेको प्रमुख सचेकमा पदम गिरी र सचेतकमा महेश बर्ताैला नियुक्त

एमालेको प्रमुख सचेकमा पदम गिरी र सचेतकमा महेश बर्ताैला नियुक्त



काठमाडौं । नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा पदम गिरी नियुक्त भएका छन् । संसदीय दलका नेता केपी शर्मा ओलीले आइतबार पूर्वस्वास्थ्यमन्त्री गिरीलाई प्रमुख सचेतक र महेश बर्तौलालाई सचेतक चयन गरेका हुन् । गिरी पर्वत र बर्तौला मकवानपुर २ बाट निर्वाचित सांसद हुन् ।

गिरी दोस्रोपटक चुनाव जितेर छोटो समय मन्त्री बनेर बाहिरिएका नेता हुन् । उनी विद्यार्थी राजनीतिमा पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सभापति भएका थिए ।

बर्तौला पहिलोपटक चुनाव जितेर संसदमा आएका हुन् । भेट्रान नेता विरोध खतिवडालाई पराजित गरेर आएका बर्तौला पनि विद्यार्थी राजनीतिमा हुँदा मकवानपुर बहुमुखी क्याम्पसको स्ववियु सभापति भएका थिए । बर्तौला राष्ट्रपति र उपराष्ट्रपति चुनावमा एमाले उम्मेदवारका प्रतिनिधि हुन् ।

प्रतिनिधि सभामा पटक पटक सासंद भएकाहरुलाई पन्छाउँदै ३९ बर्षीय महेश बर्तौलाले पहिलो संसदीय यात्रामै सचेतकको जिम्मेवारी पाएका छन् ।