काठमाडौं । नेपाली कांग्रेसले उपराष्ट्रपति पदका उमेदवार रामसहायप्रसाद यादवलाई मतदान गर्ने निर्णय गरेको छ ।
बुधबार बिहान केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकबाट रामसहायका पक्षमा मतदान गर्न सांसदलाई निर्देशन दिने निर्णय गरिएको प्रवक्ता डा प्रकाशरण महतले जानकारी दिए ।
यही चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट उमेदवार बनेका यादव सत्ता गठबन्धनको साझा उम्मेदवार हुन् । नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा पनि उपराष्ट्रपतिको उम्मेदवार छन् ।
कांग्रेसले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न संवैधानिक निकायलाई आग्रह पनि गरेको छ ।
साथै कांग्रेसले उपराष्ट्रपति पदमा निर्वाचित भएका रामचन्द्र पौडेललाई बधाई दिंदै राष्ट्रपति पदको जिम्मेवारीलाई संविधानको मर्म र भावना अनुरुप पूरा गर्न सफलता मिलोस् भनेर शुभकामनासमेत दिएको छ ।
प्रतिक्रिया