बालुवाटारमा सत्तारुढ १० दलको बैठक जारी

बालुवाटारमा सत्तारुढ १० दलको बैठक जारी



काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ । बैठकमा १० दलका नेताहरूको सहभागिता रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उपराष्ट्रपतिको निर्वाचनलगायत सरकारको बिषयमा छलफल हुने बताइएको छ ।

उपराष्ट्रपतिका लागि सत्तारुढ गठबन्धनबाटै ३ जना उम्मेदवार छन् । सत्तारुढ ठूला दलले जनता समाजवादी पार्टी जसपालाई उपराष्ट्रपति दिने भने पनि जनमत पार्टीले पनि ममता झाको मनोनयन दर्ता गरेको छ ।

जसपाले रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाउने निर्णय गरे पनि उपराष्ट्रपतिमा महिला नै चाहिने अवस्थाका लागि भनेर प्रमिला कुमारीको पनि मनोनयन दर्ता गरेको छ ।

नेकपा एमालेले भने अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएको छ ।