सत्ता गठबन्धनकाे बैठक भाेलि पुन: बस्ने

सत्ता गठबन्धनकाे बैठक भाेलि पुन: बस्ने



काठमाडौं । सत्तारुढ १० दलको बैठकमा उपराष्ट्रपतिबारे सहमति हुन नसकेपछि बिहीबार (भोलि)का लागि पुन बैठक बोलाइएको छ ।

उपराष्ट्रपतिको उम्मेदवारबारे साझा धारणा बनाउन बसेको बैठक निश्कर्षविहीन सकिएकाे हाे ।

उपराष्ट्रपतिमा सत्तारुढ गठबन्धनका १० दलबाट दुई जना उम्मेदवार छन् । जनता समाजवादी पार्टी (जसपा) का रामसहाय यादव र जनमत पार्टीकी मतता झा उम्मेदवार छन् ।

साझा उम्मेदवार तय गर्न प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा १० दलको बैठक बसेको थियो । बैठकमा एउटै उम्मेदवार बनाउने विषयमा छलफल भएपनि कुनै सहमति हुन सकेन ।

बैठकपछि माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले सकारात्मक छलफल भएको भन्दै भोलि बसेर एउटा धारणा बनाउने बताए ।