प्रधानमन्त्री कार्यालयको ट्विटर अकाउन्ट ह्याक !

प्रधानमन्त्री कार्यालयको ट्विटर अकाउन्ट ह्याक !


ग्लोब नेपाल
54
Shares

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ट्विटर अकाउन्ट ह्याक भएको छ । कार्यालयको आधिकारिक पीएमओ अन्डरस्कोर नेपाल अन्डरस्कोर (@PM_nepal_) ह्याक भएको हो ।

उक्त ह्यान्डलबाट विभिन्न असान्दर्भिक विषयवस्तुबारे ट्विट र रिट्विट गरिएको छ । प्रधानमन्त्रीको कार्यालयकाअनुसार प्रधानमन्त्रीको आधिकारिक अकाउन्टबाट असान्दर्भिक विषयवस्तुमा ट्विट भएपछि प्रधानमन्त्री कार्यालयको प्राविधिक टोलीले अनुसन्धान थालेको छ ।