मलमा अनुदान कटौति गर्ने सरकारको निर्णयविरूद्ध प्रदर्शन

मलमा अनुदान कटौति गर्ने सरकारको निर्णयविरूद्ध प्रदर्शन



काठमाडौं । किसानलाई मलमा दिँदै आएको अनुदान सरकारले कटौति गरेको विरोधमा विभिन्न दल निकट किसान संगठनहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ, राष्ट्रिय प्रजातन्त्र पार्टी निकट नेपाल राष्ट्रिय प्रजातान्त्रिक किसान संगठन लगाएतका संघहरुले काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गर्दै अनुदान कटौति गर्ने निर्णय तत्काल फिर्ता लिन माग गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरूले नेपाली किसानको बजार सुनिश्चित गर, किसान मार्न पाइदैन प्रचण्ड सरकार चाहिदैन, मलको भयो हाहाकार, राजीनामा देउ सरकारलगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । वर्तमान सरकारले किसान विरोधी निर्णय गरेको भन्दै निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी रहने उनीहरूले चेतावनी दिएका छन् ।

किसानलाई दिइँदै आएको अनुदान अविलम्ब फिर्ता गराउनका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने तयारी उनीहरूको छ । सरकारले रासायनिक मलमा किसानलाई दिँदै आएको अनुदान समग्रमा ११ दशमलब ८ प्रतिशतले घटाउने निर्णय गरेको थियो ।