तीनदिने मैत्री दिवस मनाइने

तीनदिने मैत्री दिवस मनाइने


ग्लोब नेपाल
81
Shares

काठमाडौं । बोधि मार्ग दर्शन मैत्री धर्म संघले १८ औं महामैत्री दिवस एवं विश्वशान्ति महामैत्री पूजा यही चैत्र ८, ९ र १० गते गर्ने भएको छ । संघले देशैभरका जिल्लाहरुमा प्राथनासहित पूजाआजा गरी मैत्री दिवस मनाउन लागेको हो ।

यस अबसरमा सर्वजगतको कल्याण, सहअस्तित्व, सहजीवन र शान्तिको लागि कामना गरिने बोधि श्रवण धर्म सङ्घ नेपालका अध्यक्ष निलबहादुर थिङ्ले जानकारी दिएका छन् ।

हरेक वर्ष तीन दिन बिहान ६:०० बजेदेखि साँझ ५:०० बजेसम्म यस किसिमिको धार्मिक अनुष्ठान गरी मैत्री दिवस मनाउने गरेको सङ्घले जनाएको छ । यो महान धार्मिक अनुष्ठानमा सहभागी हुन संघले सबैलाई अनुरोध पनि गरेको छ ।