रोजेका तीन मन्त्रालय लिएर सरकारमा जान्छौँ : राजेन्द्र पाण्डे

रोजेका तीन मन्त्रालय लिएर सरकारमा जान्छौँ : राजेन्द्र पाण्डे



काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले सत्ता भागवण्डामा अब रोज्ने पालो आफूहरूको रहेको बताएका छन् ।

उपराष्ट्रपति चुनावमा भाेट हाल्न आएका उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै रोजेका तीन मन्त्रालय लिएर सरकारमा सहभागी हुने बताए ।

गठबन्धनका अरु दलले रोजको कुरा पाइसकेको बताउँदै उनले भने ‘राष्ट्रपति कांग्रेसले रोज्यो । माओवादीले प्रधानमन्त्री रोज्यो जसपाले उपराष्ट्रपति रोज्यो । अब सरकारमा रोज्ने पालो हाम्रो हो । विकास गर्ने र राज्य प्रशासनमा काम गर्ने गरेर तीन मन्त्रालय लिन्छौँ ।’

गृहतर्फ संकेत गर्दै उनले रोजेको मन्त्रालय लिने र डेभलपमेन्ट र सर्भिस समेत गरेर ३ वटा मन्त्रालय लिएर सरकारमा जाने बताए ।

यद्यपि ककसलाई सरकारमा पठाउने, कसको नेतृत्वमा जाने भनेर पार्टीमा कुनै छलफल नभएको पाण्डेले जानकारी दिए ।