दाहाल, देउवा र नेपालबीच वार्ता

दाहाल, देउवा र नेपालबीच वार्ता



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग छलफल गरेका छन् ।

उपराष्ट्रपति निर्वाचनमा मतदान गर्न तीन नेताहरू संघीय संसद् भवन वानेश्वर पुगेर मतदान प्रकृया सम्पन्न गरेपछि संसद् भवनभित्र रहेको प्रधानमन्त्री कक्षमा छलफलमा जुटेका हुन् ।

विश्वासको मत, सरकार विस्तार र अन्य समसामयीक विषयमा छलफल भइरहेको बुझिएको छ । प्रधानमन्त्री प्रचण्डले चैत ६ मा विश्वासको मत लिँदैछन् । त्यसपश्चात् सरकार विस्तार गर्ने गठबन्धनले तयारी गरेकाे छ । संसद् बैठक भने ५ गतेका लागि बोलाइएको छ ।