उपराष्ट्रपतिमा ममता झालाई मत दिने रास्वपाको निर्णय

उपराष्ट्रपतिमा ममता झालाई मत दिने रास्वपाको निर्णय



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपराष्ट्रपति निर्वाचनमा जनमत पार्टीकी उम्मेदवार ममता झालाई मत दिने निर्णय गरेको छ ।

उपराष्ट्रपति चयनका लागि संसद भवन बावेश्वरमा मतदान अहिले जारी छ । रास्वपा सांसदहरु आजै छलफलमा जुटेर झालाई मत दिने समझदारी बनाएका हुन् ।

‘सत्ता गठबन्धनको एउटा पक्ष र एमालेले उठाएको उम्मेदवारमा स्वार्थ देखिन्छ । हामी र जनमत पार्टी नयाँ दल भएको र महिला उम्मेदवार पनि भएकाले झालाई मत दिने निष्कर्षमा पुगेका हौं’, पार्टीका एक सांसदले भने ।

उपराष्ट्रपतिमा झासँगै जनता समाजवादी पार्टी (जसपा)का रामसहाय यादव र एमालेकी अष्टलक्ष्मी शाक्य पनि उम्मेदवार छन् ।