सांसदले गराए खेलदेखि स्ववियु निर्वाचनसम्मको विषयमा ध्यानाकर्षण

सांसदले गराए खेलदेखि स्ववियु निर्वाचनसम्मको विषयमा ध्यानाकर्षण



काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधिसभा बैठक बसिरहेको छ । 

शून्य समयमा बोल्दै सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद योगेश भट्टराईले आइतबार भइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा धाँधली भएको आरोप लगाएका छन् । ताप्लेजुङमा पाथीभरा क्याम्पसमा नयाँ निर्वाचन समिति बनाएर धाँधली गरेको आरोप लगाएका हुन् ।

त्यसैगरी, सांसद रघुजी पन्तले नेपालको क्रिकेटसहितका खेल क्षेत्रको सम्भावनाबारे सरकारको ध्यानाकर्षण गराएका छन् । 

नेकपा एमालेका सचेतक महेश बर्तौलाले यो कसको सरकार हो भन्दै प्रश्न उठाएका छन् । संसद्को शून्य समयमा बोल्दै बतौलाले किसानलाई दिँदै आएको अनुदान काट्ने, मूल्यवृृद्धि चरम अवस्थामा पुग्दा पनि अझ मूल्य वृद्धि गर्ने सरकारले कसको प्रतिनिधित्व गर्छ भन्दै प्रश्न उठाएका छन् ।