नेकपा एसले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

नेकपा एसले प्रधानमन्त्रीलाई विश्वासको मत दिने



काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

केन्द्रीय कार्यालय आलोकनगरमा आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय लिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

प्रधानमन्त्रीले भोलि संसदमा विश्वासको मत लिने कार्यक्रम छ ।

यसअघि नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सरकारलाई विश्वासको मत दिने निर्णय गरिसकेका छन् ।