कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा



काठमाडौं । कुमारी बैंकले ३८ हजार ६ सय ५० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले २ जना संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो । 

उक्त सेयरधनीहरू तर्क बहादुर बुढाथोकीको ५ हजार २ सय ६४ र पेगी पाण्डेको नाममा रहेको ३३ हजार ३ सय ८६ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिनभित्र आवेदन दिनुपर्ने हुन्छ । 

उक्त सेयर भाउ बिक्रेताले तेको बमोजिम हुनेछ । बैंकका अनुसार समयमा सेयरधनीले उक्त सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने छ । 

बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ