कोसीका मुख्यमन्त्री सवार गाडिमा तोडफोड प्रयास

कोसीका मुख्यमन्त्री सवार गाडिमा तोडफोड प्रयास



ओखलढुंगा । ओखलढुंगामा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सवार गाडिमा तोडफोड प्रयास भएको छ । ओखलढुंगा सदरमुकामबाट तलुवा सामुदायिक भवन उद्घाटन गर्न जाने क्रममा गोरुमारे भञ्ज्याङमा आन्दोलनकारीले सवारी तोडफोडको प्रयास गरेका हुन् ।

कोसी नाम सच्याउन माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरले मुख्यमन्त्री सवार गाडीको झन्डा भाँचेर फालेका छन् । उनीहरूले मुख्यमन्त्रीलाई कालोझन्डासमेत देखाएका थिए । पहिचानका आधारमा नामकरण गर्न माग गर्दै प्रदेशभर आन्दोलन भइरहेको छ ।

आइतबार विराटनगरमा करिब पाँच हजार प्रदर्शनकारी भेला भएर पहिचानको आधारमा नाम राख्न माग गर्दै प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा प्रहरीसँग झडप पनि भएको थियो ।

जिल्ला प्रहरी कार्यालय ओखढुंगाका डीएसपी दीपकबहादुर केसीले प्रदर्शनकारीले मुख्यमन्त्रीको सवारीलाई अवरोध गर्न खोजेपछि प्रहरीले हटाएको बताए ।

मुख्यमन्त्रीको सवारीमा कुनै क्षति नभएको बताउँदै उनले आन्दोलनकारीलाई प्रहरीले सामान्य बल प्रयोग गरेर हटाएको बताए ।