अस्पतालमा भर्ना भएका बिरामी खोलामा मृत भेटिए

अस्पतालमा भर्ना भएका बिरामी खोलामा मृत भेटिए


ग्लोब नेपाल
54
Shares

काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका एक बिरामी खोलामा मृत फेला परेका छन् ।

जुम्लाको तातोपानी गाउँपालिका–५ लाम्राका ७० वर्षीय लालु नेपाली दमको उपचारको लागि चैत ४ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका थिए । लालु प्रतिष्ठानको कार्यालय अगाडि रहेको जुगार्ड खोलामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

बिरामी लालु चैत ५ गते राति करिब १२ बजेको समयमा प्रतिष्ठानबाट बाहिर निस्केका थिए । पछि उनी अस्पतालमा नभेटिएपछि बिरामी कुरुवा बुहारी दुरपतीले प्रहरीलाई खबर गरेका थिए । मृतकका आफन्तले भने अस्पतालमा भर्ना भएका बिरामी खोलामा मृत भेटिनुमा अस्पताल प्रशासनको गम्भीर लापरबाही भएको आरोप लगाएका छन् ।

उनीहरूले उक्त वार्डमा खटिएका स्वास्थ्यकर्मी तथा प्रतिष्ठानको मूल गेटमा खटिएका सुरक्षाकर्मीलाई कारबाही हुनुपर्ने माग राखेका छन् ।