भिडियोमा ‘प्रसाद २’को ‘मार्सी धान’

भिडियोमा ‘प्रसाद २’को ‘मार्सी धान’


ग्लोब नेपाल
162
Shares

काठमाडौं । नयाँ वर्ष आउँदै गर्दा सो मितिमा रिलिज हुने चलचित्रको प्रचारप्रसारको क्रम बढेको छ । यसै क्रममा यही २४ चैतमा रिलिज हुन लागेको चलचित्र ‘प्रसाद २’को नयाँ गीत ‘मार्सी धान…’को भिडियो मंगलबार रिलिज गरिएको छ । गीतमा राजनराज सिवाकोटी र मिलन नेवारको स्वर, राजनराजकै शब्द तथा संगीत छ । यो लोकलयमा आधारित गीतको भिडियो ओएसआर डिजिटलबाट रिलिज गरिएको छ ।

मार्सी धान…को भिडियोमा प्रसाद–२ का मुख्य कलाकारद्वय विपिन कार्की र केकीको अधिकारीको नृत्य छ । उनीहरूलाई नृत्यमा आश्मा विश्वकर्मा र सरोज अधिकारीले साथ दिएका छन् । यो गीतको भिडियोलाई विक्रम स्वारले कोरियोग्राफी गरेका छन् ।

विपिन र केकीसँगै यो फिल्ममा अर्पण थापा, महेश त्रिपाठीलगायतका कलाकारको पनि मुख्य भूमिका छ । यो फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् ।

सुदर्शन बस्नेतको लगानीमा बनेको फिल्मको प्रस्तुतकर्ता सुभाष थापा हुन् । राजेश श्रेष्ठको छायांकन रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन छ ।