ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन

ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन



सुर्खेत ।  भेरी करिडोरका आधा दर्जन पुलको ठेक्का लिएर अलपत्र पारिएको छ । क्याराभान कन्स्ट्रक्सनले जाजरकोट –डोल्पा सडकखण्डभित्र पर्ने भेरी नदीमा आधा दर्जन पुलहरु क्याराभान कन्स्ट्रक्सनका चन्द्र थकालीले लिएर अलपत्र पारेका हुन् ।

सडक विभागको पुल महाशाखाबाट ३६ महिना भित्र निर्माण गर्ने गरि भएका बोलपत्र गरिएको थियो । ठेक्का लिएको एक वर्ष बित्दा सम्मा काम नै सुरु गरिएको छैन । नलगाड नगरपालिकाको ताँसुगाड पुल, मैदेखोला, झुम्रेखोला र नलगाड नदीमा क्याराभान कन्स्ट्रक्सनले पुल निर्माण नगरेको हो । 

जाजरकोट डोल्पा र रुकुम पश्चिमको बीचमा रहेको त्रिबेणी स्थित भेरी नदिमो पुल समेत क्याराभान कन्स्ट्रक्सनलले लिएर ठेक्का बिक्री गरेको छ । दुइ वर्ष सम्म ठेक्का होल्ड गरेर क्याराभान कन्स्ट्रक्सनले रेट्रो ट्रेक कन्स्ट्रक्सनलाई बिक्री गरेको छ । 

जगदुल्ला हाइड्राेपावर कम्पनी लिमिटेडले खोलेको १५ करोडको ठेक्का क्याराभान कन्स्ट्रक्सनले १४ करोड १७ लाखमा रेट्रो ट्रेक कन्स्ट्रक्सनलाई बिक्री गरेको थियो । सडक डिभिजन चौरजहारीलाई जिम्मेवारी नदिएर काठमाडौँबाटै खोलिएका यि ठेक्काहरु अहिले वर्ष दिन देखि अलपत्र परेका छन् ।

डिजाइन स्टामेट मन्त्रालयमा असोज देखि थन्किएको छ । क्याराभान कन्स्ट्रक्सनका प्रमुख चन्द्र थकालीले डिजाइन स्टामेट पास गर्न पुल महाशाखालाई ताकेता गरेर फिल्डमा आएर तत्काल काम गर्नुको साट्टो चुप लागेर बसेको आरोप लाग्दै आएको छ ।

अहिले केही  भेरी नदिका केही ठाउँमा कम भार बहन क्षमताका बेलिब्रज पुलहरु निर्माण गरेर यातायातका साधनहरु सञ्चालन भइरहेका छन् । त्यस्तै जाजरकोटको तल्लुबगर , डोल्पाको खदाङ र छलगाडमा समेत पक्की पुलको बोलपत्र भएर वाइपी एमआर जेभीले चितवनले ठेक्का पाएको थियो । २६ माघ २०७९ पुल महाशाखामा सम्झौता भइसकेको छ । सडक विभागको पुल महाशाखामा सम्झौता भएर अहिले डिजाइन स्टाम्याटको काम भइरहेको छ ।  

यो कामको अनुगमण तथा मूल्याकंनको काम  पुल सेक्टर सुर्खेतले हुर्दै आएको छ । ६ महिना भित्र डिजाइन गरिसकेर पुलको भौतिक तर्फको काम सुरु गर्नुपर्ने रहेको छ । त्यस्तै डोल्पाको छलगाडमा समेत पक्की पुुल निर्माणका लागि ठेक्का भइसकेको छ ।

भेरी करिडोरअन्तर्गत जाजरकोटको पासागाड देखि डोल्पाको मरिमसम्म २३१.५ किलोमिटर लम्वाइ रहेको छ । भेरी करिडोरको जम्म लम्वाई ३१० किलोमिटर रहको छ । अहिले पासागाड –रिम्ना हुँदै तल्लु बगरसम्म पिचको काम सुरु भएको छ । यो सडक खण्डमा तोकिएको समयमा पुल निर्माणको काम नहुँदा वर्षेनी सास्ती हुँदै आएको छ ।

अहिले एकाध ठाउँमा बेलिब्रिज बाट भेरी नदीमा पुल निर्माण भएपछि कम भारबहन क्षमता भएका ट्रकहरु डोल्पाको सदरमुकाम दुनै पुग्ने गरेका छन् । सडक डिभिजन चौरजहारीले यस सडक खण्डमा पिचको काम गर्दै आएको छ । यति बिल्ड्रसले पिचको ठेक्का लिएको छ । ठूला भारबहन क्षमता भएका सवारीसाधन तथा बसहरू सञ्चालन हुनका लागि यससडक खण्डमा पक्की पुल निर्माण हुनु जरुरी रहेको छ ।