कांग्रेस सांसद नगएपछि मुख्यमन्त्री जमकट्टेलले लिन पाएनन् विश्वासको मत

कांग्रेस सांसद नगएपछि मुख्यमन्त्री जमकट्टेलले लिन पाएनन् विश्वासको मत



हेटौंडा । नेपाली कांग्रेसले दुई दिन समय मागेपछि बागमती प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाइएको प्रदेशसभाको बैठक स्थगित भएको छ ।

बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शालिकराम जमकट्टेलले विश्वासको मत लिने कार्यसूची थियो । सत्ता गठबन्धन र प्रदेशसभाकै ठूलो दल कांग्रेसले दलमा छलफल नभएकाले दुई दिनको समय मागेकाे बताइएकाे छ ।

कांग्रेस नै अनुपस्थित हुने भएपछि मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम रोकिएको छ ।

माओवादी संसदीय दलका नेता जमकट्टेल नेकपा एमाले र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका थिए । राप्रपाले १३ फागुनमै समर्थन फिर्ता लिएर सरकार छाडेको थियो, एमाले भने सरकारमै छ । तर सत्ता गठबन्धन हेरफेर भएकाले कांग्रेसलाई समेटेर सरकार गठन गर्ने मुख्यमन्त्री जमकट्टेलको तयारी छ ।