अमेरिकी अभिनेत्री अमान्डा सडकमा नग्न अवस्थामा फेला

अमेरिकी अभिनेत्री अमान्डा सडकमा नग्न अवस्थामा फेला



अमेरिकी अभिनेत्री अमान्डा बायन्स बिना कपडा लस एन्जलसको सडकमा हिडिरहेको अवस्थामा फेला परेकी छिन् ।

अमान्डा आफैंले प्राइभेट कारमा हिडिरहेको मानिसलाई रोकेर आपतकालीन नम्बर डायल गरेर मद्दतको लागि प्रहरीलाई बोलाएकी थिइन् । अमेरिकी प्रहरीले उनलाई उपचारका लागि एक अस्पतालको मानसिक वार्डमा भर्ना गरेको जनाएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अमान्डाले सडकमा हात देखाएर कार रोकिन् र ड्राइभरसँग मद्दत मागेकी थिइन् । उनले चालकलाई भनिन्– म मानसिक रोगबाट गुज्रिरहेको छु । मलाई सहयोग चाहियो, चालकको सहयोगमा आफैंले ९११ मा फोन गरेर उनले प्रहरीलाई सहयोगको लागि बोलाएकी थिइन् ।

अमान्डा लामो समयदेखि आफ्नो परिवारबाट अलग रहेर सुधार गृहमा बस्दै आएकी छिन् । तर, करिब एक वर्षअघि अदालतले अमान्डालाई सुधार गृहबाट बाहिर जान अनुमति दिएको थियो ।

अमान्डाका पूर्व प्रेमी पल माइकलले सञ्चारकर्मीहरुसँग कुरा गर्दै अमान्डाले केही समयदेखि मानसिक राेगकाे औषधि नखाएको बताएका छन् ।

१९९९ र २००२ को बीचमा, १३ वर्षको उमेरमा अमान्डाले ‘द अमान्डा शो’को तीन सिजन होस्ट गरेकी थिइन् । उनले यही कमेडी शोबाट बाल कलाकारको रूपमा पहिचान पाएकी थिईन । अमान्डाले ‘फास्ट एन्ड फ्युरियस’, ‘हल पास’, ‘रोबोट्स’मा काम गरिसकेकी छिन् । ‘बिग फ्याट लायर’ जस्ता ठूला फिल्ममा पनि उनले काम गरिसकेकी छिन् ।