बिवाईडी अटो र प्रभु बैंकबीच इभी फाइनान्सिङकाे लागि सम्झौता

बिवाईडी अटो र प्रभु बैंकबीच इभी फाइनान्सिङकाे लागि सम्झौता



काठमाडौँ । बिवाईडी अटो इन्डष्ट्रीज कम्पनी लिमिटेडको नेपालका लागि आधिकारीक विक्रेता साईमेक्स इंक प्रालिले विद्युतीय सवारीका सहज फाइनान्सिङको लागि प्रभु बैंक संग वित्तिय सम्झौता गरेको छ ।

यो साझेदारीले ग्राहकहरूलाइ BYD ब्रान्डको विद्युतीय सवारी साधन खरिद गर्न सजिलो कर्जा प्रदान गर्ने लक्ष्य राखेको छ । विद्युतीय सवारी साधनको लोकप्रियता नेपालमा बढिरहेको र सोही अनुरूप आफ्ना ग्राहकहरुको माग पूरा गर्न प्रभु बैंक लिमिटेडले आफ्ना देशव्यापी शाखाहरुबाट सहज रुपमा BYD ब्रान्डका सवारी साधन खरिदका लागी सवारी साधन कर्जा उपलब्ध गराउने भएको छ ।

साइमेक्स इंक प्रालिका प्रमुख वित्त अधिकारी मेमन धौगाडा भन्छन “BYD विश्वभर दिगो र किफायती यातायात समाधानहरु प्रदान गर्न प्रतिबद्ध छ । प्रभु बैंक संगको यो साझेदारीले हामीलाई विद्युतीय सवारीलाई नेपालमा उपभोक्ताहरु माझ थप पहुँचयोग्य बनाउन मद्दत गर्नेछ ।”

BYD विभिन्न मोडलहरूका विद्युतीय सवारी साधनहरु उत्पादन गर्ने अग्रणी विश्वव्यापी निर्माता हो। यसका विद्युतीय सवारी साधनहरु विश्वसनीयता, सुरक्षा र कार्यसम्पादनका लागि परिचित छन । नेपालमा विद्युतीय सवारी साधनको बढ्दो मागसंगै यस साझेदारीले दिगो तथा गतिशिल समाधानहरु अपनाउन प्रवर्धन गर्न मद्दत गर्नेछ ।

प्रभु बैंकका उपभोक्ता बैंकिङ्ग प्रमुख वीरेन्द्र भट्ट भन्छन्, “प्रभु बैंकमा हामी दिगो विकासलाई समर्थन गर्न प्रतिबद्ध छौं । BYD संगको हाम्रो साझेदारीले हामीलाई विद्युतीय सवारी साधनमा स्विच गर्न चाहने ग्राहकहरुको आवश्यकता अनुरुप वित्तिय समाधानहरु प्रदान गर्न सक्षम बनाउने छ ।”

यस सहकार्य पश्चात् प्रभु बैंकका ग्राहकहरूले अब नेपालका कुनै पनि BYD डिलरबाट सवारी साधन खरिद गर्दा प्रभु बैंक लिमिटेडबाट सजिलै ८०५ सम्म कर्जा प्राप्त गर्न सक्नेछन् साथै सो कर्जा ५ वर्ष अवधीसम्म लिन मिल्ने प्रावधान गरिएको छ ।

प्रभु बैंकका देश भर ३६५ शाखा, ७१ एक्सटेन्सन काउन्टर र ३०९ ATM नेटवर्क छन् ।

साईमेक्सले नेपालको पहिलो स्पोर्टी इलेक्ट्रिक एसयुभी BYD Atto 3 (रु ६४.९० लाख), नेपालमा सबैभन्दा लामो रेन्ज प्रदान गर्ने BYD All- New e6 (रु. ५९ लाख) मा बजारमा उपलब्ध गराउदैछ ।

केवल २० प्रतिशत डाउन पेमेन्टमा ग्राहकहरुले अब भर्खरै लन्च गरिएको नेपालको पहिलो स्पोर्टी इलेक्ट्रिक एसयुभी BYD Atto 3 रु. १२.९८ लाख वा BYD All New e6 मात्र रु. ११.८० लाखमा खरिद गर्न सक्नेछन् ।