लुम्बिनीकाे सत्ता फेरबदल गर्न कपिलवस्तुमा पाँच दलको बैठक बस्दै

लुम्बिनीकाे सत्ता फेरबदल गर्न कपिलवस्तुमा पाँच दलको बैठक बस्दै



दाङ । नेकपा एमाले नेतृत्वको लुम्बिनी प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिने तयारीसहित सरकारमा सहभागी पाँच दलको बैठक कपिलवस्तुमा बस्ने भएको छ । बैठकमा नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति, जसपा, लोपसा र ३ स्वतन्त्र सासंदले समर्थन फिर्ता लिने बिषयमा छलफल हुने बताइएको छ ।

दिउँसो बस्ने बैठकमा समर्थन फिर्तासहित सरकारको नेतृत्व बारेमा छलफल हुन लागेको नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेत राजकुमार चौधरीले जानकारी दिए । बैठकमा प्रतिपक्ष दल नेपाली कांग्रेस समेत सहभागी हुने भएको छ ।

कपिलवस्तुको होटेल पवनदिपमा बस्न लागेको बैठकले समर्थन फिर्ता सहित सरकारको नेतृत्वको विषय पनि टुङ्गो लगाउने उनको भनाई छ ।

पुस २८ मा माओवादी केन्द्रसहित लोसपा, नागरिक उन्मुक्ति, राप्रपा, लोसपा, जसपाको समर्थनमा एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बनेका थिए । तर केन्द्र सरकारमा एमाले र राप्रपा बाहिरिएपछि एमालेलाई समस्या परेको हो ।