गण्डकी सरकारबाट बाहिरिने माओवादीको निर्णय

गण्डकी सरकारबाट बाहिरिने माओवादीको निर्णय

मन्त्रीहरुले आजै राजीनामा बुझाउने



पोखरा । गण्डकी प्रदेश सरकारबाट माओवादीले मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेका छ । शुक्रबार बसेको संसदीय दलको बैठकले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको माओवादीका एक संसदले बताए ।

बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार चुमानलाई सरकारबाट बाहिरन र समर्थन पनि फिर्ता लिन निर्देशन दिएका थिए । सोहीअनुसार शुक्रबार बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

माओवादीबाट खगराज अधिकारी नेतृत्वको सरकारमा २ मन्त्री छन् । माओवादी संसदीय दलका नेता चुमान भौतिक पूर्वाधार मन्त्री र रेशमबहादुर जग्जाली उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री छन् । दुवैले आजै मुख्यन्त्री खगराज अधिकारीलाई भेटेर राजीनामा दिने तयारी छ । माओवादीले समर्थन फिर्ता लिएसँग गण्डकी सरकार अल्पमतमा परेको हो ।

आजै मुख्यमन्त्री खगराज अधिकारीलाई दुवै मन्त्रीले राजीनामा बुझाउने र समर्थन पनि फिर्ता लिने तयारी गरेको हो ।

माओवादीले समर्थन फिर्ता लिएपछि गण्डकीमा मुख्यमन्त्री अधिकारीले एक महिनाभित्र विश्वासको मत लिनुपर्छ । यदि उनले विश्वासको मत नपाएमा पदमुक्त हुनेछन् ।