गण्डकीमा माओवादीका दुई मन्त्रीले दिए राजीनामा

गण्डकीमा माओवादीका दुई मन्त्रीले दिए राजीनामा



पोखरा । गण्डकीमा एमालेका खगराज अधिकारी नेतृत्वको सरकारमा सहभागी भएका माओवादीका दुईजना मन्त्रीले राजीनामा दिएका छन् । शुक्रबार मुख्यमन्त्री अधिकारीलाई भेटेर उनीहरुले राजीनामा दिएका हुन् ।

माओवादी संसदीय दलका नेता तथा भौतिक पूर्वाधार मन्त्री हरिबहादुर चुमान र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री रेशमबहादुर जग्जालीले राजीनामा दिएका हुन् । आजै माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी छ ।