कांग्रेसका चौधरीलाई मुख्यमन्त्री बनाउन ५४ जनाको हस्ताक्षर

कांग्रेसका चौधरीलाई मुख्यमन्त्री बनाउन ५४ जनाको हस्ताक्षर



बुटवल । केन्द्रमा सत्ता समीकरण परिवर्तन भएकाे कारणले लुम्बिनीमा पनि सरकार परिवर्तन हुन लागेको छ । नेकपा एमालेका लिला गिरी नेतृत्वको प्रदेश सरकारमा सहभागी माओवादीका मन्त्रीहरुले राजीनामा दिएका छन् ।

माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले माओवादीका मन्त्रीले मुख्यमन्त्री गिरीसमक्ष राजीनामा दिएको बताए । लुम्बिनी सरकारमा माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी गरी ३ जना सहभागी थिए ।

नेपाली कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माओवादी तयार भएको छ । चौधरीलाई मुख्यमन्त्री बनाउन ५४ सांसदको हस्ताक्षरसहित सरकार दाबी गर्न जाने बरालले बताए । आजै प्रदेश प्रमुखको कार्यालयमा जाने तयारी गरिएकाे छ ।

कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर पुनले कांग्रेस, माओवादी केन्द्र, जसपा, लोसपा, नागरिक उन्मुक्ति पार्टीसहितका ५४ सांसद प्रदेश प्रमुखकोमा जाने बताए ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा बहुमतका लागि ४४ सांसदको समर्थन आवश्यक पर्दछ ।