बागमति प्रदेश सरकारले आज पूर्णता पाउँदै

बागमति प्रदेश सरकारले आज पूर्णता पाउँदै


ग्लोब नेपाल
81
Shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । सत्ता साझेदार दलहरुबीच मन्त्रालयको भागबण्डा टुंगिएपछि मुख्यमन्त्री जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन । मुख्यमन्त्री जम्कट्टेलले आइतबार साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्नेगरी तयारी गरेका छन् ।

संघीय सरकारमा राष्ट्रपति/उपराष्ट्रपति निर्वाचनमा गठबन्धन परिवर्तन भएपछि बागमति सरकारबाट नेकपा (एमाले) बाहिरिसकेको छ । हाल एमालेको भागमा रहेको चार मन्त्रालय रिक्त छन् । त्यसअघि नै तीन मन्त्रालय रिक्त थियो । यसरी बागमती प्रदेशमा ७ वटा मन्त्रालय रिक्त रहेका छन् ।

रिक्त रहेका ७ मन्त्रालयमध्ये ५ जना नेपाली कांग्रेसबाट तथा नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीबाट १/१ जना मन्त्री नियुक्त गर्ने तयारी छ ।

११ मन्त्रालय रहेको प्रदेशमा मन्त्रालय नबढ्ने गरी मन्त्रालयको भागबण्डा मिलाउने सहमतिअनुसार कांग्रेसले ५ वटा मन्त्रालय पाउने भएको हो । यसअघि कांग्रेसले ६ मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएकोमा मन्त्रालयको संख्या नबढाउने समझदारीपछि ५ वटा मन्त्रालयमा सहमति जुटेको हो । प्रदेश सरकारमा कांग्रेसको तर्फबाट संसदीय दलका नेता बहादुर लामाले नेतृत्व गर्ने बताइएको छ ।