किसान लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

किसान लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।  जसअनुसार कम्पनीले गत वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३६ प्रतिशत गरि कुल ७.३६ प्रतिशत नगद लाभांश वितरण गर्दै छ । उक्त लाभांश पारित गर्न चैत २८ गते वार्षिक साधारणसभा बोलाएको छ ।

यस्तै, कम्पनीका अनुसार सभामा अन्य वित्तीय संस्थाहरुसँग मर्जर प्रक्रिया अर्थात् गाभ्ने–गाभिनेसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पेश हुनेछ ।

सभामा आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल र आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

साथै, सभामा कम्पनीले एफपीओ निष्कासन गर्ने प्रस्ताव पनि पेश गर्नेछ । जसअनुसार किसानले १२ लाख ९८ हजार २५९ कित्ता एफपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागीसकेको र साथै कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा २५ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता १२५ रुपैयाँमा एफपीओ बिक्री अनुमति मागेको हो ।

यस संस्थाले लाभांश तथा साधारण सभा प्रयोजनको लागि चैत २० गते बुक क्लोज गर्दै छ । तसर्थ, कम्पनीले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्न आजै सेयर खरिद गर्नुपर्छ ।