निजी सवारी साधनलाई भाडामा यात्रु बोक्न नदिन गृहको निर्देशन

निजी सवारी साधनलाई भाडामा यात्रु बोक्न नदिन गृहको निर्देशन

पठाओ र इन ड्राइभरलगायतका राइड शेयरिङमा प्रत्यक्ष असर पर्ने


ग्लोब नेपाल
108
Shares

काठमाडौं । गृह मन्त्रालयले भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई रोक्न सबै जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ । मन्त्रालयले हिजाे बुधबार जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै यात्रु ओसार पसार गर्ने निजी सवारी साधनहरुलाई नियन्त्रण गर्न भनेको हो ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले केही दिन अघि निजी सवारी साधनहरुले भाडामा यात्रु बोक्ने गरेको गुनासो गरेपछि मन्त्रालयले कारबाहीका लागि परिपत्र जारी गरेको हो ।

निजी सवारी साधनहरुले भाडा लिएर यात्रु ओसार पसार गर्दा सार्वजनिक यातायातका सवारी साधनहरुलाई प्रत्यक्ष असर पुगेको भन्दै यातायात ब्यवसायी महासंघले गृह मन्त्रालयसँग गुहार मागेको थियो ।

मन्त्रालयको निर्देशनसँगै भाडा लिएर यात्रु बोक्ने सबै निजी सवारी कारबाहीमा पर्ने भएका छन् । यसको प्रत्यक्ष असर पठाओ, इन ड्राइभरलगायतका राइड शेयरिङहरुमा पनि पर्ने छ ।

राइड शेयरिङ कम्पनीहरुले काम सुरु गरेसँगै नेपालमा निजी सवारी साधनले भाडामा यात्रु बोक्न थालेका हुन । मोटरसाइकल, कार, भ्यानलगायतका निजी सवारी साधनहरुले यात्रु बोक्दा सार्वजनिक यातायातका साधन तथा ट्याक्सीहरु मारमा परेका छन् ।

तर, सर्वसाधारणलाई भने राइड शेयरिङले निकै सहज हुदै आएको छ ।