‘पुष्पा २’को टिजर रिलिज, यस्तो लुक्समा देखिए अल्लु अर्जुन

‘पुष्पा २’को टिजर रिलिज, यस्तो लुक्समा देखिए अल्लु अर्जुन



काठमाडौं । दक्षिण भारतीय फिल्म ‘पुष्पा २ : द रुल’को टिजर सार्वजनिक गरिएको छ । शुक्रवार सार्वजनिक गरिएको तीन मिनेट १४ सेकेन्ड लामो टिजरमा अभिनेता अल्लु अर्जुन अर्थात पुष्पा जेलबाट फरार भएको प्रसङ्गलाई समेटिएको छ ।

उनको खोजी गर्नलाई प्रहरीले स्पेशल युनिट खटाएको छ । सहरमा एक महिनादेखि नारा जुलुस भइरहेको छ ।

त्यस्तै, पुष्पाको जंगलमा एक बाघसँग जम्काभेट भएको टिजरमा देखाइएको छ । सुकुमार बान्द्रेडीको कथा एवं निर्देशन रहेको यस फिल्ममा अल्लु अर्जुन, रश्मिका मन्दना, फहद फासिल, धनुञ्जय लगायतको मुख्य भूमिका रहनेछ ।

फिल्मको पहिलो भागले विश्वभर राम्रो कमाई गरेको थियो । ‘पुष्पा २’लाई सन् २०२३ कै बहुप्रतीक्षित फिल्म मानिएको छ ।

टिजर :