लागुऔषधसहित ६ जना पक्राउ

लागुऔषधसहित ६ जना पक्राउ



काठमाडाैं । देशका विभिन्‍न स्थानबाट लागुऔषधसहित ६ जना पक्राउ परेका छन् ।  दाङकाे घोराही उपमहानगरपालिका-१६ बैरबटुवा शिवशक्ति टोलबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१६ बैरबटुवा बस्ने २१ वर्षीय भुवन डाँगी र सोही उपमहानगरपालिका-१० नारायणपुर बस्ने २० वर्षीय प्रवेश रोका रहेका छन् । जिल्ला प्रहरी कार्यालय घोराही दाङबाट खटिएको प्रहरीले रा.५ प ७२५० नम्बरको मोटरसाइकलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो । 

 कैलालीकाे धनगढी उपमहानगरपालिका-२ मिलन चोकबाट २ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसगुरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-२ बस्ने ४० वर्षीय ओम अधिकारी र सोही ठाउँ बस्ने २२ वर्षीय भुपेन्द्र मिश्र रहेका छन् । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त ब्राउनसुगरसहित फेला पारी पक्राउ गरेको हो । 

धनगढी उपमहानगरपालिका-७ मनेहराबाट अवैध लागुऔषध ब्राउनसगुर २ सय ६० मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-७ बस्ने १८ वर्षीय किशोर र जोशीपुर गाउँपालिका-४ बस्ने २० वर्षीय असिम सागर चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त ब्राउनसुगरसहित फेला पारी पक्राउ गरेको हो ।