आयातित तरकारीको विषादी परीक्षण गर्ने सरकारको निर्णय

आयातित तरकारीको विषादी परीक्षण गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले विदेशबाट आयात गरेको तरकारीमा विषादी परीक्षण गर्ने निर्णय गरेको छ ।

मन्त्रीपरिषदको आज बसेको बैठकले मूलुकबाहिरबाट आयात हुने तरकारीको विषादी परीक्षण गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको निर्णय बारे जानकारी दिँदै एक मन्त्रीले भने, ‘सरकारले बाहिरबाट ल्याएको तरकारीमा विषादी परीक्षण नगर्ने निर्णय भएको समाचारहरु आइरहेका थिए । त्यो सत्य थिएन, बाहिरबाट आएको तरकारीमा विषादी परीक्षण गर्ने सरकारले आज निर्णय गरेको छ ।’