मोलुङ हाइड्रोपावरको सेयर कारोबार खुल्यो

मोलुङ हाइड्रोपावरको सेयर कारोबार खुल्यो



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मोलुङ हाइड्रोपावर कम्पनीको सेयर कारोबार बिहीबारदेखि सुरु भएको छ । ‘एमएचसीएल’ संकेतमा सेयर कारोबार सुरु भएको हो ।

मोलुङ हाइड्रोपावरको पहिलो कारोबार प्रतिकित्ता १४१ रुपैयाँमा भएको छ ।

पहिलो कारोबारका लागि नेप्सेले न्यूनतम ६०.६२ रुपैयाँदेखि १८१.८६ रुपैयाँसम्म ओपनिङ रेन्ज तोकेको थियो । मोलुङ हाइड्रोपावरको ८० लाख २५ कित्ता सेयर बुधबार सूचीकृत भएको हो । ।