काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दुई कम्पनीलाई ‘फ्लाइङ स्कुल’ खोल्न दिने निर्णय गरेको छ ।
आइतबार उक्त निर्णय भएको मन्त्री सुदन किरातीले जानकारी दिएका छन् । उनका अनुसार शुभम् एभिएसन प्रा.लि. र चन्द्र सूर्य एभिएसन प्रा.लि.लाई ‘फ्लाइङ स्कुल’ खोल्न इजाजत प्रदान गरिएको हो ।
यी कम्पनीले वर्षाैदेखि मन्त्रालयमा प्रस्ताव पेस गरेका थिए । अब प्रक्रिया पूरा गरेर आउने अन्य कम्पनीलाई पनि ‘फ्लाइङ स्कुल’ खोल्न दिने मन्त्री किरातीले जानकारी दिएका छन् ।
कार्यविधिमा आवश्यक संशोधन गर्दै नेपालमै पाइलट उत्पादन गर्ने उद्देश्यले दुई संस्थालाई ‘फ्लाइङ स्कुल’को इजाजत दिएको किरातीको भनाइ छ ।
प्रतिक्रिया